‘शुभ मंगल’ बन्ने, कुशलसँग सुरवीनाको जोडी



प्रेमकथामा आधारित भएर चलचित्र ‘शुभ मंगल’ बन्ने भएको छ । अष्ट्रेलिया निवासी मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मालगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रमा कुशल र सुरवीनाको जोडी बाँधिएको छ । सुरवीनाले लामो समयपछि नेपाली चलचित्रमा काम गर्न लागेकी हुन् ।

चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा हुने बताइएको छ । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम र सम्बन्धलगायतका विविध विषयमा चलचित्र निर्माण हुन लागेको निर्देशक अधिकारीले जानकारी दिए । चलचित्रको केही समयपछि घोषणा गर्ने तयारीमा निर्माण टिमको छ । अहिले चलचित्रको स्क्रिप्टलाई फाइनल गर्ने काम भैरहेको निर्देशक अधिकारीले बताए ।

चलचित्र ‘शुभ मंगल’ को कथा निर्देशक अधिकारी स्वयंकै रहेको छ । चलचित्रको छायांकन जाडो महिना सकिएपछि हुने बताइएको छ । देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य भैरहेको निर्देशक अधिकारीले बताए । चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu