काठमाण्डौ। पहिलो ‘सिने स्टार अवार्ड २०२०’का लागि उत्कृष्ट अभिनेतातर्फ अनमोल केसी, विपिन कार्की र सलिनमान बनियाँबीच प्रतिस्पर्धा हुने भएको छ भने अभिनेत्रीतर्फ स्वस्तिमा खड्का, सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि क्यानडाको टोरन्टोमा हुन गइरहेको अवार्डको उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ ।

उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसाद’, ‘बुलबुल’ र ‘छक्का पञ्जा ३’ परेका छन् भने उत्कृष्ट अभिनेतातर्फ ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ‘प्रसाद’बाट विपिन कार्की र ‘यात्रा’बाट सलिनमान बनियाँबीच प्रतिस्पर्धामा रहेको छ । अभिनेत्रीतर्फ ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ र ‘प्रसाद’बाट नम्रता श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
उत्कृष्ट पटकथातर्फ ‘प्रसाद’बाट सुशिल पौडेल, ‘बुलबुल’बाट विनोद पौडेल र ‘छक्का पञ्जा ३’ बाट दीपकराज गिरी मनोनयन छन् । सह- अभिनेतामा ‘ए मेरो हजुर ३’बाट सलोन बस्नेत, ‘छक्का पञ्जा ३’बाट केदार घिमिरे र ‘जय भोले’बाट सौगात मल्ल उत्कृष्ट तीनको मनोनयनमा छन् । सह- अभिनेत्रीतर्फ ‘नाइँ नभन्नु ल ५’ बाट प्रियंका कार्की, ‘बुलबुल’ लक्ष्मी बर्देवा र ‘गोपी’बाट सुरक्षा पन्त प्रतिस्पर्धामा छन् ।

आगामी फेब्रुअरी २२ तारिखमा टोरन्टोमा हुने अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्ने बताइएको छ ।
हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।
उत्कृष्ट तीन मनोनयन सुची
उत्कृष्ट फिल्मः
प्रसाद
छक्का पञ्जा ३
बुलबुल
उत्कृष्ट निर्देशकः
बिनोद पौडेल – बुलबुल
दीपाश्री निरौला – छक्का पन्जा ३
दिनेश राउत – प्रसाद
उत्कृष्ट पटकथाः
दीपकराज गिरी – छक्का पन्जा ३
सुशील पौडेल – प्रसाद
बिनोद पौडेल – बुलबुल
उत्कृष्ट अभिनेताः
अनमोल केसी – ए मेरो हजुर ३
विपिन कार्की – प्रसाद
सलिनमान बनियाँ – यात्रा
उत्कृष्ट अभिनेत्रीः
स्वस्तिमा खड्का – बुलबुल
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
नम्रता श्रेष्ठ – प्रसाद
उत्कृष्ट सह-अभिनेत्रीः
लक्ष्मी वर्देवा – बुलबुल
सुरक्षा पन्त – गोपी
प्रियंका कार्की – नाइँ नभन्नु ल ५
उत्कृष्ट सह-अभिनेताः
सलोन बस्नेत – ए मेरो हजुर ३
सौगात मल्ल – जय भोले
केदार घिमिरे – छक्का पन्जा ३
उत्कृष्ट सम्पादनः
बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी
निमेष श्रेष्ठ – साइँली
बिपिन मल्ल – छक्का पन्जा ३
उत्कृष्ट सिनेमाटोग्राफरः
मानकृष्ण महर्जन – छिरिङ
आलोक शुक्ला – लभ स्टेशन
पुरुषोत्तम प्रधान – छक्का पन्जा ३
उत्कृष्ट पार्श्व गायिकाः
प्रविशा अधिकारी – फुल होइन काँडा – रोज
विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३
अन्जु पन्त – बनकी चरी – प्रसाद
उत्कृष्ट पार्श्व गायकः
प्रताप दास – फुल होइन काँडा – रोज
सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३
रुपक डोटेल – बनकी चरी – प्रसाद
उत्कृष्ट संगीतकारः
एलिश कार्की – रोज
बसन्त सापकोटा – नाइँ नभन्नु ल ५
दीपक शर्मा – छक्का पन्जा ३




