‘खलनायक २’ मा रोज आफैं बन्दैछन् भिलेन



निर्माता, निर्देशक तथा अभिनेता रोज राणा आफ्नो निर्माणमा बनेको सुपरहिट चलचित्र ‘खलनायक’ को सिक्वेल निर्माण गर्दैछन् । यो चलचित्रको निर्देशन गोविन्दा सिंह भण्डारीले गर्दैछन् । यसअघि उनले ‘रणवीर’ निर्देशन गरेका थिए । यसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । माघ दोस्रो हप्ताबाट छायांकन सुरु हुने चलचित्रको अहिले स्क्रिप्टमा काम भैरहेको छ ।

ऋषि न्यौपाने निर्देशित चलचित्र ‘खलनायक’ मा एक जमानाका तीन सुपरस्टार अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको प्रमुख भूमिका थियो । तर, यसको सिक्वेलमा यी तीन अभिनेता नदोहोरिने निर्माता राणा बताउँछन् । उनी चलचित्रमा अहिलेका चल्तीका अभिनेतालाई लिने तयारीमा छन् । केही अभिनेतासँग चलचित्रको विषयमा कुरा भैरहेको उनले बताए ।

‘खलनायक २’ का लागि खलनायकको भने टुंगो लागेको छ । चलचित्रमा निर्माता रोज आफैं भिलेनको भूमिकामा देखिने भएका छन् । उनले भने- ‘निर्देशकको आग्रहमा म आफैं भिलेनको भूमिकामा देखिन लागेको हुँ । त्यसका लागि अहिले सुगठित शरीर बनाउन केही दिनदेखि जिम धाइरहेको छु । अहिलेका हिरोसँग भिड्न ५ केजी तौल पनि घटाइसकेँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu