ट्रेलरमा हेर्नुहोस् ‘जिउँदो’ (भिडियो)



दार्जिलिङमा निर्माण भएको चलचित्र ‘जिउँदो’ को ट्रेलर सार्वजनिक भएको छ । पौराणिक कथामा निर्मित अलमिस्ट सुब्बाको निर्देशन रहेको चलचित्रमा पूर्वी नेपाल तथा दार्जिलिङका स्थानिय कलाकारको अभिनय रहेको छ । ट्रेलर सार्वजनिक भए पनि चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । फागुनभित्र चलचित्र प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ ।

चलचित्रमा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङलगायतका कलाकारको अभिनय रहेको छ । रोशन लखोटिया, नम्रता शर्मा र आशिष सुब्बा निर्माता रहेको चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक सब्बा स्वयंले लेखेका हुन् ।

‘जिउँदो’ मा अभिजित सरकार कार्यकारी, चन्चल थापा र भास्कर थामीको छायांकन, समीर शर्मा, रजत विश्वास, अभिषेक ’पिकोलो’ राई, सुमित राई, दिवस विश्वासको संगीत र चन्चल थापा, स्यानन्त नाग, निर्देशक अलमिस्ट सुब्बाको काँधमा सम्पादनको जिम्मेवारी छ । भारतका लागि भि. मोसन पिक्चर्स र नेपालका लागि सुनिल मानन्धरले चलचित्रको वितरण अधिकार लिएका छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu