लण्डनमा अवार्ड गर्दै थर्ड आई टिम



१०औँ ‘बक्सअफिस अवार्ड २०१७’ सफलतापूर्वक सम्पन्न गरेको थर्ड आई टिमले लण्डनमा मनोरञ्जन, खेल, पत्रकारिता, साहित्य र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । आउँदो वर्षको मे २४ मा हुने अवार्डमा सहभागी हुन नेपालबाट केही कलाकारहरु लण्डन पुग्ने बताइएको छ ।

विदेशमा हुने अवार्डको विश्वसिनयतामा प्रश्न उठिरहेको अवस्थामा थर्ड आई टिमले गर्ने अवार्डले यो प्रश्न उठ्ने ठाउँ नदिने आयोजक विकास देवकोटाले बताए । उनल भने, ‘अवार्ड आर्थिक लाभ लिनका लागि नभइ सम्बन्धित क्षेत्रको श्रीवृद्धि र सो क्षेत्रलाई विश्वले हेर्ने दृष्टिकोण पनि सकरात्मक होस् भन्ने उद्देश्यले अवार्ड गर्दैछौँ ।’

अवार्डको नाम भने तय भैसकेको छैन । यो अवार्डले नेपाल सरकारको अभियान ‘भिजिट नेपाल २०२०’ लाई पनि सघाउने आयोजक टिमको विश्वास छ । नेपालबाट विभिन्न क्षेत्रका ६० भन्दा बढी व्यक्ति अवार्डमा सहभागी हुन लण्डन पुग्ने बताइएको छ । वर्षौदेखि थर्ड आई टिमले लण्डनमा फिल्म प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu