एसिड पीडित मुस्कानको सहयोगार्थ ‘बुद्ध वर्न इन नेपाल’ को विशेष शो



गएको केही वर्ष अगाडि नै प्रदर्शनमा आइसकेको अभिनेता रमित ढुंगाना निर्मित तथा अभिनीत चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ को सोमबार विशेष शो आयोजना गरिएको छ । एसिड पीडित मुस्कान खातुनको सहयोगार्थ ‘लाइन्स क्लब अफ काठमाण्डौ’ ले काठमाडौंको बिग मुभिजमा आयोजना गरेको चलचित्रको विशेष शोमा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित थिए ।

विशेष शोबाट उठेको रकममा केही थप गरेर मुस्कानको उपचारका लागि दिइने ‘लाइन्स क्लब काठमाण्डौ’ ले बताएको छ । नेता नेपालले मुस्कानको अध्ययनका लागि आफूले सरकारसमक्ष सहयोगको कुरा राख्ने आश्वासन दिए । भने, अभिनेता ढुंगानाले आफूले मुस्कानको सहयोगका लागि फिल्म उपलब्ध गराएको बताए । चलचित्रको विशेष शोमा मुस्कान पनि पुगेकी थिइन् ।

चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । देश तथा विदेशमा च्यारिटी शो गरेपछि यो चलचित्रको नेपालमा प्रदर्शन गरिएको थियो । तर, चलचित्रले बक्सअफिसमा गतिलो व्यापार गरेन । चलचित्रमा रमितसँगै अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मालगायतका कलाकारहरुको अभिनय छ । चलचित्रबाट बुद्ध नेपालमा जन्मिएको सन्देश दिन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu