छोरीको आमा बनिन् अभिनेत्री विनिता बराल



अभिनेत्री विनिता बरालले छोरीलाई जन्म दिएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू छोरीको आमा भएको जानकारी दिएकी हुन् । छोरीसँगको फोटो साझेदार गर्दै उनले ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन् ।

उनले छोरीको नाम ‘काया’ राखिएको पनि खुलाएकी छन् । अस्पतालको बेडमा खिचिएको तस्विरमा उनी छोरीसँग निकै खुसी मुद्रामा देखिएकी छन् । अहिले सामाजिक सञ्जालमा उनलाई आमा बनेकोमा फिल्मकर्मी र शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

यस वर्षको जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । गएको ७ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् ।

तर, त्यसपछि एकपछि अर्को चलचित्र असफल हुन थालेपछि उनले टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन । त्यसपछि उनी अध्ययनका लागि भन्दै अमेरिका हानिइन् । त्यहाँ पुगेको केही महिनामै उनी तिलक पौडेलको प्रेममा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu