‘चपली हाइट ३’ चैत २८ बाट कुनै हालतमा सर्दैन : निर्माता कुमार



यस वर्षको अन्तिम अर्थात् चैत २८ गते दुई हिट चलचित्रको तेस्रो सिरिज एकसाथ प्रदर्शनमा आउँदैछन् । ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ बीच बक्सअफिसमा भिडन्त हुँदैछ । अहिले यी दुई फिल्मको बक्सअफिस भिडन्तलाई लिएर फिल्मवृत राम्रै तातेको छ । कतिपयले फिल्मको हाइप बनाउनका लागि ‘चपली हाइट ३’ टिमले ‘प्रेमगीत ३’ सँग भिड्ने हौवा फैलाएको बताएका छन् ।

तर, निर्माता अर्जुन कुमार यो कुराको खण्डन गर्छन् । मंगलबार चलचित्रको इन्डक्ल्याप पार्टीमा उनले भने- ‘‘चपली हाइट’ आफैंमा एक ब्रान्ड चलचित्र हो । जसलाई हाइप निर्माण गर्न अरु चलचित्रसँग भिडन्तको नाटक गर्नु पर्दैन । अनि अर्को कुरा, नयाँ वर्षमा दुई चलचित्र नेपाली बजारले धान्छ । यसलाई भिडन्तको रुपमा नहेरौं । एक मितिमा दुई चलचित्र लाग्दैछन् भन्ने हिसाबमा लियौं ।’’

अन्तिम समयमा रिलिज मिति हेरफेर त हुँदैन ? पत्रकारको प्रश्नमा उनले भने- ‘ढुंगामा लेखेर राख्नुस्, चलचित्र चैत २८ मै रिलिज हुन्छ । मैले ‘चपली हाइट’ को अघिल्लो सिरिज पनि चैतमै रिलिज गरेको थिएँ । र, यसको तेस्रो श्रृंखला प्रदर्शनका लागि पनि चैत नै रोजेको हुँ ।’ उनी चलचित्रको कथा शक्तिशाली रहेको बताउँदै हरेक एक कलाकारले उत्कृष्ट अभिनय पस्किएको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu