नेपाल भाषाको ‘छंगु जिगु माया रतन’ घोषणा



३ दशकदेखि चलचित्र वितरण र निर्माणमा सक्रिय गोपालकाजी कायस्थले नेपाल भाषाको चलचित्र निर्माण गर्ने गरेका छन् । उनको निर्माण रहने नेपाल भाषाको चलचित्र ‘छंगु जिगु माया रतन’ को बिहीबार साँझ राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । सुखावती मल्टी प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई सुरेन्द्र तुलाधरले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो ।

यो चलचित्रबाट नायकको रुपमा सरोज श्रेष्ठ र नायिकाको रुपमा लजना महर्जनले डेब्यू गर्दैछन् । ‘छंगु जिगु माया रतन’ को घोषणा कार्यक्रममा उनीहरुले चलचित्रको शीर्ष गीतमा नृत्य पनि प्रस्तुत गरेका थिए । दुवैले चलचित्रलाई लिएर उत्साहित रहेको बताए । प्रेमकथामा आधारित भएर बन्न लागेको चलचित्रलाई दिव्य सुवेदीले खिच्नेछन् । उनले नेपाली चलचित्र पनि थुप्रै खिचिसकेका छन् ।

चलचित्रमा निर्माता कायस्थसँगै गोविन्द महर्जन, विश्व रत्न तुलाधर, कविता श्रेष्ठ, रजना जोशी, उत्तम प्रधान, बुद्ध शाही र डा. बलराम श्रेष्ठको पनि लगानी रहनेछ । चलचित्रको शीर्ष गीत गायक उदित नारायण झा र दीपा नारायण झाले गाएका छन् । उनीहरुले पहिलो पटक नेपाल भाषाको गीत गाएको निर्देशक तुलाधरले बताए । चलचित्रको गीत यमन श्रेष्ठ र दीपा महर्जनले पनि गाएका छन् ।

निशिला शाक्यको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने चलचित्रको छायांकन पुष अन्तिमबाट सुरु हुने बताइएको छ । नेपाल भाषामा बन्ने चलचित्र वर्षौदेखि च्यारिटी शोको भरमा चल्दै आएका छन् । नियमित रुपमा हलमा प्रदर्शन हुँदैनन् । तर, ‘छंगु जिगु माया रतन’ भने हलमा पनि प्रदर्शन हुने निर्माता कायस्थले बताए । उनी चलचित्रको कथा निकै राम्रो रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu