राजबल्लभ कोइराला पिता बन्दै



अभिनेता राजबल्लभ कोइराला बैबाहिक जीवनमा बाँधिएको दुई वर्षपछि पिता बन्ने भएका छन् । आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर साझेदार गर्दै उनले आफू पिता बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । साथै, उनले आफू छोरीको पिता बन्न लागेको पनि जानकारी दिएका छन् ।

उनले श्रीमतीसँगको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु । कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनुहोला ।’ गएको २ वर्ष अगाडि अभिनेता राजबल्लभले लामो समयदेखि अमेरिकामा बस्दै आएकी प्रतिमा विमलीसँग लगनगाँठो कसेका थिए ।

लभर ब्वाईको छवि बनाएका राजबल्लभ हाल भने नेपाली चलचित्रबाट केहि दूरीमा छन् । उनी पछिल्लो पटक चलचित्र ‘६ एकान ६’ मा देखिएका थिए । करीब ८ वर्ष अगाडि उनी हलिउड चलचित्र ‘हाइवे टु धुम्पुस’ को कामका लागि भन्दै अमेरिका पुगेका थिए । त्यसको केहि समयपछि उनि नेपाल आएर ‘ऋतु’ र ‘६ एकान ६’ चलचित्रमा अभिनय गरेका थिए । बिवाह पछि गत बर्ष उनि नेपाल आएता पनि चलचित्रमा अभिनय भने नगरी अमेरिका फर्केका थिए । उनि सपरिवार अमेरिका बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu