‘परदेशी २’ बाट हिरो बन्दै गायक प्रकाश सपुत



चर्चित निर्देशक तथा गायक नारायण रायमाझी निर्देशित २०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेलमा चर्चित लोक गायक प्रकाश सपुतले हिरोको रुपमा अनुबन्ध भएका छन् । प्राप्त जानकारी अनुसार, निर्देशक रायमाझीले केही दिन अगाडि गायक सपुतसँग चलचित्रका लागि कागजी सम्झौता गरिसकेका छन् । यद्यपि, निर्माण टिमले यो विषयमा कुनै जानकारी दिएको छैन ।

‘बोल माया’ बोलको गीतबाट चर्चामा आएका गायक सपुत बाल्यकालदेखि नै हिरो बन्न चाहन्थे । उनी काठमाडौं पनि गायक नभइ हिरो बन्न आएका थिए । अब, उनको हिरो बन्ने सपना चलचित्र ‘परदेशी २’ बाट पूरा हुने भएको छ । रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथाव्यथामा निर्माण हुने चलचित्रको छायांकन फागुनबाट सुरु हुनेछ ।

चलचित्रमा गायक सपुतलाई अभिनेताको रुपमा अनुबन्ध गरेपछि निर्देशक नारायण रायमाझी अब अभिनेत्रीको खोजीमा लागेका छन् । ‘परदेशी’ को अघिल्लो श्रृंखलामा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । सिक्वेलमा भने उनलाई गायक सपुतले रिप्लेस गरेका छन् । ‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए ।

बक्सअफिसमा करीब ७ करोडभन्दा बढीको व्यापार गरेको ‘परदेशी’ को कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका थिए । चलचित्रमा समावेश गीतसंगीत अझै पनि लोकप्रिय छन् । चलचित्रमा प्रशान्तका अलावा रजनी केसी, नरेन खड्कालगायतको अभिनय थियो । अब ‘परदेशी २’ बाट हिरोको रुपमा डेब्यू गर्न लागेका चर्चित गायक सपुतलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu