कायस्थले मागे करणसँग माफी



पूजा शर्मा र सौगात मल्ल स्टारर चलचित्र ‘पोइ पर्‍यो काले’ को सेयरलाई लिएर काठमाडौंका वितरकद्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबीच भएको विवाद उत्पन्न भएको छैन । वितरक कायस्थले काठमाडौंका प्रायः सबै हलबाट करणले आफूलाई जानकारी नै नगराइ सेयर उठाएको भन्दै नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदलमा बिहीबार निवेदन दिएका थिए ।

उक्त निवेदनको तस्विर सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै उनले अर्का वितरक करणलाई ट्याग समेत गरेका थिए । तर, उनले केही घण्टामा नै पोस्ट डिलिट गरे । वितरक कायस्थले फिल्मको सेयर रोक्का गर्न भन्दै संघमा दिएको निवेदनको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेर आफ्नो मानहानी गर्ने प्रयास भएको भन्दै वितरक करण श्रेष्ठ आक्रोशित भएका थिए ।

यसबीच, वितरक कायस्थले संघमा पुनः निवेदन दिँदै भुलबस निवेदनको तस्विर सामाजिक सञ्जालमा पोस्ट भएको भन्दै वितरक करणसँग माफी मागेका छन् । ‘सेयर रकम उठाइएको बारे संयुक्त कार्यदलमा दिएको निवेदन उपर मैले भुलबस सामाजिक सञ्जालमा पोस्ट गरेको विषयलाई लिएर करण श्रेष्ठमाथि हुन गएको आघातप्रति म दुःखी छु,’ कायस्थको निवेदनमा उल्लेख छ ।

उक्त निवेदनको तस्विर सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै वितरक करण श्रेष्ठले कायस्थलाई धन्यवाद भनेका छन् । तर, वितरक कायस्थले माफी मागेको निवेदनमा चलचित्रको सेयरलाई लिएर उत्पन्न असमझदारी भने टुंगिएको उल्लेख गरिएको छैन । विके फिल्मस् र रिच इन्टरटेन्मेन्टले चलचित्र ‘पोइ पर्‍यो काले’ को काठमाडौं वितरण अधिकार लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu