‘लभ डायरीज’ गीतमा ‘ट्वीन्स गर्ल’ को छम छमी, कमलाले गाइन् दोहोरी (भिडियो)



प्रेम दिवसको अवसर पारेर आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरीज’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘छमछम’ बोलको गीतमा चलचित्रका प्रमुख अभिनेता सुशील र नव-अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले ठुम्का लगाएका छन् ।

अहिलेका चर्चित संगीतकारमध्ये एक अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर छ । गीतको अन्तिममा चर्चित बाल गायिका कमला घिमिरेले गाएको लोकदोहोरीको केही अंश पनि समावेश गरिएको छ । भने, भिडियोमा उनलाई चलचित्रका अभिनेता सुशीलसँग दोहोरी खेल्दै गरेको देख्न सकिन्छ । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् ।

निर्देशक चौधरीले धेरै दर्शकमाझ चलचित्रको जानकारी पुर्‍याउन गीतमा ‘ट्वीन्स गर्ल’ र कमला घिमिरेको प्रस्तुती राखिएको बताए । गीतमा जोडिएको कमलाको दोहोरी अस्वभाविक लाग्छ । के यो आवश्यक थियो ? पत्रकारको प्रश्नमा निर्देशक चौधरीले भने- ‘कमला बहिनीको दोहोरी चलचित्रको कथाअनुसार मिलाइएको छ । चलचित्र हेर्दा दर्शकलाई उनको प्रस्तुती रमाइलो लाग्नसक्छ ।’

चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । युवा-युवतीबीचको माया-प्रेमलाई चलचित्रमा समावेश गरिएको निर्देशक चौधरी बताउँछन् । चलचित्रमा साहिल खान/मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर निर्माताको रुपमा छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu