‘दि कर्मा’ को एक्शन प्याक्ड ट्रेलर रिलीज (भिडियो)



काठमाण्डौ। माघ १७ गते देखी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा प्रमूखत: करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामांगलाई देख्न सकिन्छ ।

कथा सस्पेन्स राखिएको ट्रेलरमा परमिता र बुद्दीलाई नेगेटिभ भूमिकामा देखाईएको छ भने नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा सारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा करण, नीता, परमिता, बुद्दीसँगै अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्रका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । सार्वजनिक ट्रेलरले नेपाल तथा विदेशका दर्शकमा चलचित्रप्रति उत्सुकता बढाउने बिश्वास आफुले लिएको निर्माता जय राज रायले बताए । यसअघि रिलीज भएको टीजरले ओभरसिजबाट डिमाण्ड आईसकेको र ट्रेलरले त्यसलाई थप मद्दत गर्ने अर्का निर्माता श्रीदेव बि.एल.ले बताए ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu