‘कमाण्डर’ ट्रेलर : अनुपको आफ्नै अदालत, आफ्नै निसाफ (भिडियो)



अभिनेता अनुपबिक्रम शाही र रोविन तामाङबीच टक्कर परेको छ । उनीहरुको नयाँ चलचित्र ‘कमाण्डर’ मा दमदार दुश्मनी भएको हो । एलआर विबेक सापकोटाको निर्देशनमा बनेको चलचित्रको प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनिक गरिएको छ । माघ १० गते प्रदर्शन हुने चलचित्रको ट्रेलरमा अनुप प्रहरी अधिकृत र रोविन तस्करको भूमिकामा प्रस्तुत भएका छन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको चलचित्रमा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नव नायिका सगुन थापा मुख्य भूमिकामा छन् । चलचित्रको सह निर्मातामा सावन जंग राना छन् ।

‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउछन् । दिब्य सुवेदीले खिचेको चलचित्रमा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu