यस्तो छ विपिनको ‘सेल्फी किङ’ ट्रेलर (भिडियो)



आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेल्फी किङ’ को ट्रेलर सार्वजनिक भएको छ । पोस्टर र टीजर सार्वजनिक भएपछि चर्चामा रहेको चलचित्रको ट्रेलर इमोसनल र इन्गेजिङ छ । एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् ।

ओखलढुङ्गामा आफ्नो प्रस्तुती दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिन कार्कीको जीवनमा आउने उतार-चढावको कथा ट्रेलरमा देखाइएको छ । जोकर हुलियामा प्रस्तुत भएका विपिनले चलचित्रको ट्रेलरमा बोलेका संवादहरु घतलाग्दा छन् । चलचित्रमा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।

चलचित्रको निर्देशक विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनले पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका हुन् । दिनेश राउत र सुवास थापाले चलचित्रको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच चलचित्र ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल चलचित्रका सह-निर्माता हुन् । यो चलचित्रको दर्शकमाझ व्यग्र प्रतिक्षा छ ।

सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको चलचित्रमा निर्मल कुमार लामाको कोरियोग्राफी छ । चलचित्रको कथा दिमागमा फुर्नुको कारण सम्झँदै निर्देशक सापकोटाले भने- ‘मैले एक पत्रिकामा एक हास्यकलाकारको आर्टिकल पढेको थिएँ । त्यहीँबाट ‘सेल्फी किङ’ को कथा जन्मिएको हो ।’ चलचित्रले उठाएको कथा हरेक कलाकारको जीवनसँग मिल्न सक्ने उनले बताए ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu