‘म यस्तो गीत गाउँछु २’ को ‘दुःखको काँडा’ गीत रिलिज (भिडियो)



दर्शकको नाडी छामेर लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले बिहीबार ‘दुःखको काँडा’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । अहिलेका चल्तीका संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा देवल भण्डारीको शब्द र सनिष श्रेष्ठको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो दुबै सशक्त छ । पल र पूजाको केमेस्ट्री पनि सुहाएको देखिन्छ ।

गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले ठूलो रकम खर्च गरेर काठमाडौंको त्रिपुरेश्वरमा कृतिम हिउँ नै पारेको छ । फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । दुई वर्ष अगाडिको सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu