यस्तो छ एक्सनले भरिएको सौगातको ‘लप्पन छप्पन २’ टिजर (भिडियो)



आउँदो बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को एक्सनले भरिएको टिजर सार्वजनिक भएको छ । शुक्रवार दिउँसो सार्वजनिक भएको टिजरमा तीन सय मिलियन डलर हत्याउन पात्रहरुले गर्ने चलखेल देखाइएको छ । टिजरमा चलचित्रको मेकिङ क्वालिटी निकै उच्च देखिन्छ । पुरुषोत्तम प्रधानको छायांकन उस्तै गजब छ ।

चलचित्रको मूलकथा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा र अनुपविक्रम शाहीको वरिपरि घुमेको टिजरमार्फत् खुलाइएको छ । चलचित्रमा शिवले सौगातको पिताको भूमिका निभाएका छन् । सौगात र अर्पण भिन्न लुक्समा प्रस्तुत छन् । गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरीलगायतका कलाकारको पनि चलचित्रमा अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’ बाट अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रमा उनी प्रहरी अफिसरको भूमिकामा छन् । टिजरमा पनि उनको एक झल्को देख्न सकिन्छ । त्यस्तै, यो चलचित्रबाट केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले पनि अभिनयमा डेब्यू गर्ने अवसर पाएका छन् ।

चलचित्रको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ । चलचित्रमा हिमाल केसी र निर्देशक भट्टको एक्सन छ ।

निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादन रहेको चलचित्र निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको चलचित्रमा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu