चलचित्र संघको अध्यक्षमा मधुसुदन सर्वसम्मत



हल संचालक तथा वितरकहरुको साझा संस्था नेपाल चलचित्र संघले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको संघको ४६औं साधारण सभाबाट अध्यक्ष पदमा मधुसुदन प्रधान सर्वसम्मत चयन भएका छन् । उनी प्रदीप उदय नृतृत्वकोे अघिल्लो कार्यसमितिमा द्वितिय उपाध्यक्षको रुपमा रहेका थिए ।

चलचित्र संघको नयाँ नेतृत्वका लागि प्रधान र विरेन्द्र नारायण श्रेष्ठको नाम चर्चामा थियो । तर, कार्यक्रममा उपस्थित तीन पूर्व अध्यक्षहरुको पहलमा दुवैले आलोपालो नेतृत्व सम्हाल्ने निर्णय अनुसार प्रधान डेढ वर्षका लागि अध्यक्षमा चयन भएका हुन् । अब, डेढ वर्षपछि अध्यक्षको कार्यभार श्रेष्ठले सम्हाल्नेछन् ।

त्यस्तै, साधारणसभाबाट सदस्यहरुमा अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुङ्गाना, अर्जुन श्रेष्ठ, गोविन्द बहादुर शाही, कपिलप्रसाद द्वा, विक्रम पराजुली, देवेन्द्र खड्गी, कुबेर शर्मा, निरज कार्की, कैलाश ढकाल, त्रिरत्न मानन्धर, निरज गुप्ता समेत निर्विरोध चयन भएका छन् ।

यस्तै, पुर्वाञ्चल सभापतिमा चैतन्य बराल, मध्यसुदुर पश्चिम सभापतिमा डा। सिंह गुरुङ, पश्चिमाञ्चल सभापतिमा ओम जैसी र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चयन भएका छन् । साधारणसभाको उद्घाटन सञ्चारमन्त्री गोकुल बास्कोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu