हेर्नुहोस्, सुशील र रुविनाको ‘लभ डायरिज’ टिजर (भिडियो)



आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ र नव(अभिनेत्री रुविना थापा स्टारर लभस्टोरी चलचित्र ‘लभ डायरिज’ को कलरफूल टिजर सार्वजनिक भएको छ । टिजरले सुशील र रुविनाको प्रेम र विछोडको कथा बोल्छ । उनीहरुले बोलको प्रेमिल र वियोगान्त संवाद मन छुने छन् । दुईबीचको प्रेम, रोमान्स र विछोडका दृश्य पनि टिजरमा अटाइएको छ ।

केही दिन अगाडि चलचित्रको ‘छम छम’ बोलको गीत सार्वजनिक भएको थियो । टिकटक स्टार प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडा र चर्चित बाल गायिका कमला घिमिरे फिचर्ड गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेको निर्माण टिम चाँडै ट्रेलर सार्वजनिक गर्ने तयारीमा छन् । चलचित्रका निर्देशक सौरभ चौधरी हुन् । उनी अर्को वर्ष ‘पर्खि बसेँ २’ निर्देशन गर्दैछन् ।

प्रेस दिवसमा प्रदर्शन हुने चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई चलचित्रमा समावेश गरिएको निर्देशक चौधरी बताउँछन् । चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । यो चलचित्रमा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।

साहिल खान सह-निर्देशक रहेको चलचित्र ‘लभ डायरिज’ मा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रमा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी यो चलचित्रलाई लिएर निकै आशावादी देखिएका छन् ।

टिजर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu