निकितासँग रोमान्टिक बने विराज (फोटोसहित)



अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘साङ्लो’ बाट पूर्व मिस नेपाल निकिता चाण्डकले पनि अभिनयमा डेब्यू गरेकी छन् । माघ २४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा उनको जोडी विराजसँग बाँधिएको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सन प्रधान ट्रेलरले राम्रो हाइप निर्माण गरेको चलचित्रलाई उत्कृष्ट बनाउन विराजले कुनै कसर छाडेका छैनन् ।

गीत र ट्रेलरले चर्चा बटुल्दै गर्दा विराजले चलचित्रको नयाँ गीतको छायांकन गरेका छन् । अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको गीतको अहिले काठमाडौंमा छायांकन भैरहेको छ । निर्माण टिमले गीत छायांकनको केही अचल तस्विरहरु सार्वजनिक गरेको छ । जसमा अभिनेता विराजलाई रफ-टफ पहिरनमा देखिएका छन् भने अभिनेत्री निकितालाई बोल्ड अवतारमा देख्न सकिन्छ ।

सुरेश अधिकारीको संगीत रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको यस गीतबाट निर्माण पक्षले ठूलो आश बोकेको छ । २/३ दिनमा छायांकन सकेर चलचित्र रिलिजको मुखमा गीत सार्वजनिक गर्ने विराजले बताए । वर्षौदेखि कमेडी र लभस्टोरी चलचित्रको ह्याङमा रहेका दर्शकलाई ‘साङ्लो’ ले एक्सनको नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।

विराज भट्ट आफैंले निर्माण गरेको चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको चलचित्रमा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu