‘सहारा घर’ लाई पुष्पले गरे सहयोग



अहिलेका व्यस्त अभिनेतामध्ये एक पुष्प खड्काले आफ्नो जन्मथलो कैलालीमा रहेको ‘सहारा घर’ लाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् । बर्दगोरिया माघी मेलामा सहभागी हुन जाने क्रममा उनले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिँदै आएको ‘सहारा घर’ लाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका हुन् । अनाथ र असहायलाई सहयोग गर्न पाउँदा उनी खुसी देखिए ।

मेलाबाट पाएको पारिश्रमिकको केही प्रतिशत ‘सहारा घर’ लाई सहयोग गरेको पुष्प बताउँछन् । उनी भन्छन्, ‘सहारा घरले अनाथ र असहायलाई संरक्षण दिँदै आएको कुरा धेरै अगाडिदेखि सुन्दै आएको थिएँ । पहिल्यैदेखि नै सहयोग गर्न मन भए पनि यसपटक त्यो अवसर जुट्यो । एकदमै खुसी छु ।’ उनी अब आम्दानीको केही प्रतिशत रकम समाजसेवामा पनि खर्च गर्ने बताउँछन् ।

पुष्प खड्का पछिल्लो छिमलका व्यस्त अभिनेतामध्ये एक हुन् । चलचित्रसँगै म्यूजिक भिडियोमा उनलाई भ्याइनभ्याइ छ । ‘अझै पनि’ बाट सहायक चरित्रमा डेब्यू गरेका उनले ‘दर्पण छाँया २’ बाट लिड रोलमा ब्रेक पाएका थिए । तर, नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यो चलचित्रपछि उनले करिअर फर्किएर हेर्नु परेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu