‘ब्याचलर पार्टी’ मा प्रियंकाको विकिनी अवतार



साथीको विवाह हुने टुंगो भएपछि सहपाठीहरु पैसा जम्मा गरेर सम्भावित दुलाहा वा दुलहीलाई ‘सरप्राइज्ड पार्टी’ अर्थात् ‘ब्याचलर पार्टी’ दिने गर्दछन् । अभिनेत्री प्रियंका कार्की पनि अहिले आफ्ना केही निकट साथीहरुसँग ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्डमा छिन् । मिडियामा उनको ‘ब्याचलर पार्टी’ ले गजबकै चर्चा पाइरहेको छ । यति धेरै चर्चा हुनुको कारण उनको पहिरन पनि एक हो ।

प्रियंकाले घन्टौंपिच्छे इन्स्टाग्राम स्टोरीमा साथीहरुसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्विरहरु साझेदार गरिरहेकी छन् । तस्विरमा उनी साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् । प्रियंकाले क्रुजमा खिचेको एक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्विरमा उनी रातो विकिनीमा देखिएकी छन् । उनका साथीहरु पनि बोल्ड अवतारमा देखिएका छन् ।

सहाना बज्राचार्य, सिवांगी प्रधानलगायतले प्रियंकाका लागि आयोजना गरेको ‘ब्याचलर पार्टी’ अविस्मरणीय बनाएका छन् । अभिनेत्री कार्कीले साथीहरुसँग रमाइरहेको तस्विर साझेदार गर्दै ‘आफ्नो परिवार’ भनेकी छिन् । उनीहरु एक हप्ताको ट्रिपमा ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेका हुन् । अभिनेत्री प्रियंका कार्की चाँडै आयुष्मान देशराज जोशीसँग विवाह गर्दैछिन् ।

दुई पटक इन्गेजमेन्ट गरिसकेका प्रियंका र आयुष्मान गएको असारमा बिहे गर्ने तयारीमा थिए । तर, पारिवारिक सदस्यहरुको समय नमिलेपछि विवाह टर्‍यो । गएको महिना अभिनेत्री प्रियंकाले यस वर्ष विवाह नहुने जानकारी दिएकी थिइन् । तर, उनी साथीहरुसँग थाइल्यान्डमा ब्याचलर पार्टी मनाउन पुगेपछि उनले यसै वर्षको फागुनमा बिहे गर्न लागेको चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu