देवकुमार श्रेष्ठ निर्देशित एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्र ‘दि कर्मा’ आउँदो माघ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अभिनेत्री द्वय परमिता आरएल राणा र नीता ढुंगाना स्टारर चलचित्र नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित छ । यो चलचित्रको एक गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । चलचित्रमा परमिता नकारात्मक भूमिकामा छिन् ।
यो चलचित्र अभिनेत्री द्वय परमिता र नीताका लागि बक्सअफिसमा सफल हुन अत्यन्त आवश्यक छ । किनकि, यी दुई अभिनेत्रीले अहिलेसम्म हिटको सुख प्राप्त गर्न सकेका छैनन् । लगातार चलचित्र असफल हुँदा उनीहरुको करिअर संकटमा परेको छ । ‘दि कर्मा’ ले सफलताको झन्डा गाँड्न सफल भएको खण्डमा परमिता र नीताको डुब्न लागेको करिअर भरथेग गर्न ठूलो मद्दत पुग्नेछ ।

ट्रेलरमा परमिताको लुक्सले दर्शकको ध्यान खिचेको छ । पहिलो पटक नकारात्मक भूमिकामा प्रस्तुत भएकी उनको चलचित्रमा बुद्धि तामाङसँग जोडी बाँधिएको छ । नीता भने चलचित्रका प्रमुख अभिनेता करण वर्माको अपोजिटमा देखिँदैछिन् । करण भारतीय कलाकार भएका कारण पनि यो फिल्मप्रति धेरैको चासो छ । चलचित्रको ट्रेलरमा उनी पावरफूल एक्सन गर्दै देखिएका थिए ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्म्स् एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा जयराज राय, श्रीदेव बीएल र निशा खतिवडाद्वारा निर्मित चलचित्र निर्माता रायले लेखेका हुन् । शारदा खड्का अर्याल सह-निर्मात्री रहेको चलचित्रमा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारले पनि अभिनय छ । रामेश्वर कार्कीले खिचेको चलचित्रमा सुशिल पोखरेलको पटकथा र संवाद छ ।
ट्रेलर हेर्नुहोस् :-




