वर्तमान परिपेक्षमा नेपाली फिल्मकी सबैभन्दा डिमान्डेड र महँगी अभिनेत्री पूजा शर्माले विदेशी ब्राण्डको कपडाका लागि गरिने खर्चभन्दा निकै कम खर्चमा आफ्नै देशमा उत्पादन हुने ब्राण्ड रोज्न पाउनु गौरवको कुरा रहेको बताएकी छन् । उनले सम्पूर्ण नेपालीलाई स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिन पनि आग्रह गरेकी छन् ।
रिवन काटेरस्क्वाड नेपाल प्रा. लि. ले चितवनको भरतपुरमा सञ्चालनमा ल्याएको स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बहुचर्चित विदेशी ब्राण्ड अन्टाको शोरुमको उद्घाटन गर्दै अभिनेत्री पूजाले देशलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउनका लागि सबैले स्वेदशी ब्रान्ड रोज्नु पर्ने बताइन् । आफूलाई जस्तै स्वदेशी ब्राण्डलाई पनि माया गरिदिन उनले आग्रह गरेकी छन् ।

‘हामी विदेशी प्रोडक्टलाई एकदमै विश्वास गर्छौं । विदेशी प्रोडक्टलाई जति पनि खर्च गर्न तयार हुन्छौं । तर, तपाईंहरु एकपटक स्वदेशी उत्पादनलाई पनि रोजेर हेर्नुहोस् । त्यसमा कति न्यानोपन छ भन्ने कुरा तपाईंहरुले महशुस गर्नुहुनेछ,’ अभिनेत्री पूजाले भनिन् । उनले चितवन आफूलाई मनपर्ने शहर भएको बताउँदै चितवन पुग्दा आफूलाई आनन्दित महशुस हुने बताइन् ।
उक्त कार्यक्रममा गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल र हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यमवर्गियदेखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट लाभ लिन सक्ने बताए । त्यस्तै, अर्का सञ्चालक सुरज गिरिले केटिएम सिटि चितवनका उपभोक्ताले मन पराउने विश्वास व्यक्त गरे ।




