‘कोपिला’ को च्यारिटी शोमा निर्मलाको परिवारलाई सहयोग



सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित चलचित्र ‘कोपिला’ को शुक्रवार हेटौंडाको एन। एस सिनेमा हलमा च्यारिटी शो गरिएको छ । चलचित्रको च्यारिटी शोमा निर्मलाकी आमा दुर्गादेवीसहित चलचित्रका कलाकारहरु उपस्थित थिए । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ ।

मकवानपुर जागरण अभियानले आयोजना गरेको चलचित्रको च्यारिटी शोमा स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई आभार पत्रसहित नगद पचास हजार प्रदान गरिएको थियो । पन्तलाई चलचित्रका निर्देशक अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवासराज काफ्ले जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

चलचित्रको च्यारिटी शोमा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायत उपस्थित थिए । चलचित्रमा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू चलचित्र भए पनि दर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरिको अभिनयको पनि प्रशंसा भएको छ ।

चलचित्रले उठान गरेको विषयवस्तुलाई चितवनबासीले मन पराएका छन् । कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले स्व.पन्तको कथालाई उठान गरेर चलचित्र बनाएकोमा आभार व्यक्त गरे । चलचित्रले आम निर्मलाहरुको प्रतिनिधित्व गर्ने उनको भनाई छ । यस्तै, स्व.पन्तकी आमा दुर्गादेवीले चलचित्रबाट समाजमा उच्च शिक्षा मिल्ने विश्वास व्यक्त गरिन् ।

८० लाखको लागतमा निर्माण भएको ‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ । चलचित्रको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । तर, प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu