नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको ‘ज्योमो गाङ फिल्म अवार्ड’ कार्यक्रम थाइल्याण्डमा सम्पन्न भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाइल्याण्डमा हुकुम मल्टिमिडिया प्रा.लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको थियो ।

द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा आदिबासी जनजाति चलचित्रलाई प्रबद्र्धन गर्ने यस्ता प्रकृतीको कार्यक्रमहरु आयोजना हुनु आबश्यक रहेको बताएका थिए ।
साथै आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबद्र्धनमा बिशेष योगदान पुर्याउने बिश्वास व्यक्त गरेका थिए।
हुकुम मल्टिमिडिया प्रा.लिको अध्यक्ष डि.बि.बम्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलको प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खाजित राईलगायत बिभिन्न क्षेत्रका व्यक्तित्वहरु र चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।
ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समिति बाट छनौट गरिएको उत्कृष्ट चलचित्र खै ओ मिथेबा, उत्कृष्ट निर्देशक चलचित्र भेडी गोठालेबाट गणेश गरुङ, उत्कृष्ट अभिनेता चलचित्र देन्बा मायाबाट अमिर दोङ, उत्कृष्ट अभिनेत्री चलचित्र छार ग्यालामबाट सुनिता लुम्बा, उत्कृष्ट खलपात्र चलचित्र ल्हुइ ह्रोबाट ध्रुब सिंह तामाङ, उत्कृट नब अभिनेता चलचित्र मोङा डोङा २ बाट यमन माझी, उत्कृष्ट नव अभिनेत्री चलचित्र यारीबाट ज्योती राई भएका छन् ।

त्यस्र्च, सह अभिनेता चलचित्र घ्रानबाट राम घिसिङ, उत्कृष्ट सह अभिनेत्री चलचित्र ल्हुई ह्रोबाट सन्च कुमारी तामाङ, उत्कृष्ट नब निर्देशक चलचित्र मारक्युबाट दिनेश गुरुङ, उत्कृष्ट सम्पादन चलचित्र निप्हुगालबाट सर्बमान शाक्य, उत्कृष्ट लेखन चलचित्र कर्मक्याबाट शंकर गुरुङ (बतासे) उत्कृष्ट छायांकन चलचित्र स्वयनगुः बाट लुःजः सिं, उत्कृष्ट द्धन्द निर्देशक चलचित्र बज्रबाट सुरज श्रेष्ठ, उत्कृष्ट पाश्व संगीत चलचित्र म्ये क्युबाट शिव सुनुवार मुखिया र उत्कृष्ट बाल कलाकार चलचित्र क्युईबाट कुङगा छ्योइङ स्याङतान तामाङलाई अवार्ड प्रदान गरिएको थियो । साथै, बेष्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरिएको छ ।
चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गाँउपालिका सिन्धुली, राईडर सेवा प्रा.लिको सहयोग रहेको छ ।




