सविनको ‘ताकतवर’ ट्रेलर रिलिज (भिडियो)



नेपाली चलचित्र ‘ताकतवर’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा पत्रकार भेटघाट गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । जि.आर प्रोडक्सन र आर्ट मुभिजको संयुक्त प्रस्तुतीमा तयार नेपाली कथानक चलचित्र ‘ताकतवर’ले प्रेम र एक्सनको भाव प्रस्तुत गर्छ ।

गजेन्द्र रज्जितको निर्देशन तथा आरती शाही र निर्देशक स्वयंको निमार्णमा तयार चलचित्रमा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले), वद्रि फुयाँल सहनिर्माताका रूपमा रहेका छन् ।
फिल्ममा सविन श्रेष्ठ, धु्रव कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाल लगायतकोअभिनय रहेको छ ।

रामेश्वर हुमागाईंको छायांकन तथा चन्द्र पन्तको द्वन्द्व निर्देशनमा तयार चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी देख्न सकिन्छ । सुनिल प्रकाश श्रेष्ठको लेखनमा तयार चलचित्रमा मित्रडी गुरूङको सम्पादन रहेको छ । चलचित्रको प्रर्दशन मिति तय नभएपनि चैतको दोस्रो साता सम्ममा प्रदर्शनमा ल्याउने निर्माण युनिटको तयारी रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu