‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको निर्देशन विशालले गर्ने



सन्दिप रेड्डी निर्देशित ब्लकबस्टर तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । केही दिनअघि ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्स र युवा फिल्मस्बीच अमेरिकामा अधिकार खरिद बिक्रीमा सम्झौता भएको हो ।

चलचित्र निर्माणमा युवा फिल्म्ससँग जी २१ फिल्म्सले पनि सहकार्य गर्ने भएको छ । जी २१ फिल्म्स जस्तो अनुभवी र सफल निर्माण कम्पनीसँग जोडिएर काम गर्न पाउँदा आफूहरू थप उत्साहित भएको युवा फिल्म्सका केशव खड्का र आशिष श्रेष्ठले जानकारी गराए ।

यसअघि जी २१ फिल्म्सले निर्माण गरेको चलचित्र ‘दुई रुपैयाँ’ निकै सफल भएको थियो । यता जि २१ फिल्म्सको तर्फबाट आसिफ शाहले अर्जुन रेड्डीको नेपाली रिमेक बन्नु नेपाली चलचित्रको लागी नै एउटा नयाँ प्रयोग भएकोले पनि आफुहरु चलचित्र निर्माणमा सहभागी भएको बताए ।

चलचित्रको लागि यति बेलासम्म निर्देशक मात्र फाइनल गरिएको छ । मुख्य कलाकार लगायत अन्य कलाकार अडिसनबाट छानिने युवा फिल्म्सले जनाएको छ । ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा अभिनेतामा आर्यन सिग्देल हुने चर्चा थियो । तर, हालै आर्यनले चलचित्रको नेपाली रिमेकमा आफू नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu