सवारी साधनमा पोस्टर टाँसेर ‘सेन्टी भाइरस’ को प्रचार



आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी जनराको चलचित्र ‘सेन्टी भाइरस’ को पोस्टर देशभरका ५० हजार सवारी साधनमा टाँसिने भएको छ । सोमवार राजधानीमा उपत्यका ट्याक्सी व्यवसायी संघले ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात गर्‍यो । सवारी साधनमा टाँसिएको पोस्टरबाट धेरैले चलचित्रको बारेमा जानकारी पाउने विश्वास निर्माण टिमको छ ।

ट्याक्सीमा पोस्टर टाँस्नलाई चलचित्रका प्रमुख अभिनेता तथा निर्माता सिताराम कट्टेल (धुर्मुस) र बुद्दि तामाङ उपस्थित भएका थिए । पोस्टर टाँसेपछि कलाकार कट्टेलले चलचित्रको आम्दानीको ५० प्रतिशत गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खचिर्ने घोषणा पनि गरे । यसअघि चलचित्रको आम्दानीको २० प्रतिशत रंगशाला निर्माणमा खर्च गरिने बताइएको थियो ।

कलाकार सितारामले दर्शकलाई एकपटक चलचित्र हेरिदिन आग्रह गर्दै भने- ‘तपाईहरुले फिल्म हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ । त्यसैले चलचित्रको बारेमा आम सर्वसाधरणमा जानकारी होस् भन्ने हेतुले नेपाल यातायात व्यवसायी महासंघले देशभरका ५० हजार बढी सवारीमा पोस्टर टाँस्दैछ । यसले चलचित्रको प्रचारमा थप सहयोग पुग्ने आशा बोकेका छौँ ।’

रामबाबु गुरुङ निर्देशित चलचित्रमा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह-निर्माता फूर्पा लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu