‘मन परेसी’ मा पूजा र आकाशको जोडी



अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले अभिनय गर्ने पाँचौ चलचित्र ‘मन परेसी’ को बिहीवार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । ‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने चलचित्रमा आकाश र पूजासँगै बुद्दि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रको प्रस्तुतकर्तामा रघु परियार छन् ।

अमृत थिङ तामाङ चलचित्रको कार्यकारी निर्माता र दिनेश शाही/चक्र पाख्रिन तामाङ निर्माताको रुपमा रहेको चलचित्रमा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह निर्मातामा रहेका छन् । चलचित्रको कथा निर्देशक तामाङ आफैंले लेखेका हुन् । हरि घले लामाले खिच्ने चलचित्रमा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने/रविन शाहको कोरियोग्राफी रहनेछ ।

अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाले चलचित्रको गीतमा संगीत भर्ने जिम्मेवारी पाएका छन् । भने, संजोग राणाले चलचित्रको संवाद तयार पारेका हुन् । लभस्टोरी-एक्सन जनरामा निर्माण हुने चलचित्रको माघ तेस्रो साताबाट छायांकन सुरु हुने बताइएको छ । रिच इन्टरटेनमेन्टले वितरण गर्ने चलचित्रलाई अर्को वर्षको तीजको छेकोमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu