पूजालाई माया गर्ने पलको ‘कसम’ (भिडियो)



सुदर्शन थापा निर्देशित म्यूजिकल लभस्टोरी चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । ‘दुःखको काँडा’ र ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले बिहीवार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरेको हो । गीतमा चलचित्रका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा फिचर्ड छन् ।

सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको अडियो र भिडियो दुबै औसत बनेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा पूजाको डान्स स्टेप्स ध्यान खिच्ने खालको छ । यो चलचित्रको अझै दुई गीत सार्वजनिक हुन बाँकी छन् । आउँदो फागुन २३ गते प्रदर्शन हुने चलचित्रलाई सुदर्शन र पूजाले मिलेर निर्माण गरेका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । चलचित्रमा समावेश पाँचवटै गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu