‘आमा’ को गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक (भिडियो)



आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘आमा’ को एकमात्र गीत सार्वजनिक भएको छ । सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले चलचित्रको ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको मनछुने गीत सार्वजनिक गरेको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाष भुषालको संगीत छ । गीतको भिडियोमा चलचित्रका चल/अचल दृश्य समावेश छन् ।

आमाले आफ्नो सन्तानका लागि गर्ने संघर्षलाई निकै गहिरो रुपमा गीतमा प्रस्तुत गरिएको छ । गीतले नै चलचित्रको मूल मर्म बोल्छ । ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले यो गीतलाई चलचित्रमा कथावाचनको रूपमा प्रयोग गरिएको बताए । ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ प्रतिक्षीत बनेको चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमा-छोरीको भूमिकामा छन् ।

चलचित्रमा श्रीमान् विरामी भएपछि छटपटिएकी एक श्रीमती र उनको सन्तानप्रतिको मायालाई मिथिला शर्माको भावबाट व्यक्त गरिएको छ । ट्रेलरमा उनको मनछुने अभिनयको निकै प्रशंसा भैरहेको छ । सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, अश्मिता खनाललगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ ।

‘लभ लभ लभ’ निर्मात्री शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रमा सन्तोष अधिकारी सह–निर्माताको रुपमा छन् । चलचित्रमा दिर्घ खड्काको सम्पादन छ । ट्रेलरबाट दर्शकमा चलचित्रप्रति निकै अपेक्षा बढेको छ । दर्शकलाई चलचित्रले निराश नबनाउने निर्दे खनालको दाबी छ । काठमाण्डौ र रामेछापमा छायांकन भएको चलचित्रको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu