हलमा ‘दि कर्मा’



शुक्रवारबाट देव कुमार श्रेष्ठ निर्देशित चलचित्र ‘दि कर्मा’ देशैभर प्रदर्शनमा आएको छ । एक्सन लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङ केन्द्रिय भूमिकामा छन् । अभिनेत्री परमिताले चलचित्रमा पहिलो पटक नकारात्मक भूमिका निर्वाहा गरेकी छन् । यो चलचित्र जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो ।

चलचित्रको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । चलचित्रमा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ । शुशील पोखरेलको पटकथा तथा संवाद रहेको चलचित्रमा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् । सीमा क्षेत्रमा हुने अपराध क्रियाकलापमा आधारित भएर चलचित्र निर्माण भएको हो ।

सारदा खड्का अर्याल सह-निर्माता रहेको चलचित्र ‘दि कर्मा’ मा कोशिश क्षेत्री/मानस थापा/अंकित बाबु अधिकारीको संगीत रहेको छ भने रामेश्वर कार्कीको छायांकन छ । मुलुकका पाँच दर्जनभन्दा बढी सिनेमा हलबाट चलचित्र एकसाथ प्रदर्शन भएको निर्माता जय राज रायले बताए । सिमा क्षेत्रको कथा निर्माण भएका कारण चलचित्रको छायांकन पनि नेपालको तराई क्षेत्रमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu