सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले सिनेमा प्रदर्शन गर्नेछन । फागुन २ अर्थात फेब्रुअरी १४ मा मेलबर्नस्थित चाइना टाउन सिनेमामा ‘लभ डायरिज’ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको हो ।

सौरभ चौधरी निर्देशित चलचित्र फागुन २ रिलिजको लागि घरेलु मार्केटमा प्रचार गरिरहेको छ । ट्रेलर र गीतलाई दर्शकले रुचाएपछि स्वदेश प्रदर्शन अगावै विदेशबाट माग भैरहेको निर्माता विनोद सापकोटाले बताए । लभस्टोरी चलचित्रमा सुशीलसँगै डेब्यु कलाकार रुबिना थापा र विश्वजित रिमालको मुख्य भूमिका छ ।
चलचित्रको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान एसोसिएट निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, अर्जुन पोखरेलले संगीत भरेका छन् ।




