श्वेताले गरिन् मायाज् ब्यूटी पार्लरको चौथो शाखाको उद्घाटन



२ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘कान्छी’ पछि अभिनेत्री श्वेता खड्का काँचको पर्दामा देखिएकी छैनन् । उनले पर्दामा फर्किन हतार पनि गरेकी छैनन् । यस वर्ष उनले ‘हेल्लो जिन्दगी’ नामक चलचित्र साइन गरेकी थिइन् । तर, घाँटीमा पलाएको ट्यूमरको शल्यक्रिया गर्नुपरेपछि उनले चलचित्रबाट हात झिकिन् । यसपछि उनी कुनै चलचित्रमा अनुबन्ध भएको जानकारी प्राप्त भएको छैन ।

आजभोली अभिनेत्री श्वेता अभिनयभन्दा आफ्नो व्यवसाय र सामाजिक काममा बढी सक्रिय छिन् । राजधानीमा हिमालयन जाभाका केही आउटलेटहरु खोलिसकेकी उनले सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण पनि गरिरहेकी छन् । यसबीच, उनले शनिवार कलंकीमा सञ्चालनमा आएको मायाज् ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथो शाखाको उद्घाटन गरेकी छन् ।

सौन्दर्य क्षेत्रमा २० वर्षभन्दा बढी समय विताइसकेकी सौन्दर्यकर्मी गीता गिरीले कलंकीमा मायाज् ब्यूटी पार्लरको शाखा सञ्चालनमा ल्याएकी हुन् । गीताले आफ्नो ब्यूटी पार्लरको हरेक नयाँ शाखाको नेपाली फिल्म क्षेत्रका व्यक्तिबाट उद्घाटन गर्दै आएकी छन् । उनले बानेश्वर शाखा अभिनेत्री संचिता लुइँटेल र लगनखेल शाखा अभिनेत्री वर्षा सिवाकोटीबाट उद्घाटन गराएकी थिइन् ।

कलंकी शाखाको उद्घाटन गर्दै अभिनेत्री स्वेताले ब्यूटी सेलिब्रेटी मात्र हुनुपर्छ भन्ने नभएको बताइन् । उनले भनिन्, ‘सेलिब्रेटी मात्र राम्रो हुनुपर्छ भन्ने छैन । हामी सबै राम्रो हुनुपर्छ । सबैले मेन्टेन गर्नुपर्छ । मेरो विचारमा चाहिँ सबै महिलाहरु आत्मनिर्भर हुनुपर्छ ।’ कलंकी शाखा शुभारम्भको अवसरमा सबै सेवा सुविधामा विशेष छुट गरिएको पार्लरकी सञ्चालिका गीत गिरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu