‘लभ डायरिज’ गीतमा सुशील र रुविनाको प्रेम (भिडियो)



लभस्टोरी जनरामा निर्मित चलचित्र ‘लभ डायरिज’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीतमा मानस विक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दासरप्रविशा अधिकारीको स्वर रहेको छ । सौरभ चौधरीको कोरियोग्राफी रहेको गीतले अभिनेता द्वय सुशील श्रेष्ठ र विश्वजित रिमालको अभिनेत्री रुविना थापाप्रतिको प्रेमभाव बोल्छ ।

चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा सुशील, रुविना र विश्वजितका अलावा बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा सञ्जय लामाको छायांकन छ । एसोसिएट निर्देशक साहिल खान रहेको फिल्मका एकमात्र निर्माता विनोद सापकोटा हुन् ।

चलचित्रमा मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रमा अभिनेता सुशीलले विदेशमा बसेर मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी चलचित्र राम्रो बनेको र दर्शकलाई मनपर्नेमा विश्वस्त छन् । त्यस्तै, अभिनेत्री रुविनाले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताइन् ।

शैलेश श्रेष्ठ/रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, विक्रम लामा/एन्जिला खत्री/प्रविन सिंहको कोरियोग्राफी, सत्यम राना/अचुत बजगाईंको भिएफएक्स रहेको चलचित्रको कथा तथा पटकथा मधु बाँस्तोलाको हो । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई चलचित्रमा देख्न सकिने निर्देशक चौधरी बताउँछन् । चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu