प्रदीपले विराजलाई भने ‘एक्सन स्टार’



अहिलेका हटकेक अभिनेता प्रदीप खड्का बाक्लै रुपमा प्रदर्शनको तरखरमा रहेका चलचित्रलाई सहयोग गर्दै देखिने गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रदर्शनको तयारीमा रहेका चलचित्रका प्रचार सामाग्री साझेदार गर्दै निर्माण टिमलाई शुभकामना दिने गरेका छन् । गत वर्ष उनले ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ को ट्रेलर साझेदार गर्दै निर्माण टिमलाई सफलताको शुभकामना दिएका थिए ।

यसबीच, उनले यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट निर्देशित, अभिनीत तथा निर्मित चलचित्र ‘साङ्लो’ को एक्सनपूर्ण ट्रेलर आफ्नो भेरिफाइड फेसबुक पेजमा साझेदार गर्दै चलचित्रलाई सफलताको शुभकामना दिएका छन् । उनले अभिनेता विराजलाई ‘एक्सन स्टार’ को रुपमा समेत सम्बोधन गरेका छन् । उनले चलचित्रलाई ‘एक्सन प्याक्ड’ भनेका छन् ।

‘हाम्रो एक्सन स्टार विराज भट्ट दाई, ह्यान्डसम हंक तथा मेरो सहपाठी प्रकाश शाह र मेरो साथी तथा पूर्व मिस नेपाल निकिता चाण्डकको एक्सन प्याक्ड चलचित्र ‘साङ्लो’ मा अभिनय छ,’ उनले लेखेका छन् । उनले लेखेको स्टाटसमा ‘साङ्लो’ का कलाकार प्रकाश शाहले धन्यवाद भनेर लेखेका छन् । उनी र प्रदीप ‘क्लासमेट’ हुन् । ‘लभ स्टेशन’ मा उनीहरुले सँगै काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu