चलचित्र पत्रकार संघ रुपन्देहीमा पुनः सुमन



चलचित्र पत्रकार संघ, नेपालको रुपन्देही शाखामा सुमन श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । बिहीवार बुटवलमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट उनले दोस्रो पटक चलचित्र पत्रकार संघ रुपन्देही शाखाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

रुपन्देही शाखाको उपाध्यक्ष पदमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सह–सचिवमा राजिव भुषाल र कोषाध्यक्षमा रमेश अर्याल पनि सर्वसम्मत चुनिएका छन् । भने, सदस्यहरुमा रविन्द्र गुप्ता, दिनेश श्रेष्ठ, फुलु सुनार र कपिल अधिकारी चयन भएका छन् । त्यस्तै, कृष्ण खनाल र कृष्णा भण्डारी मनोनित सदस्यमा चुनिएका छन् ।

नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम जैसीको प्रमुख आतिथ्यता र नेपाल चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सचिव बैकुण्ठ पराजुलीको विशिष्ट अथित्यतामा भएको अधिवेशनमा प्रेस संगठनका जिल्ला सह–संयोजक कमल रायमाझी र प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ओमकुमार जैशीले चलचित्र, सिनेमा हल र फिल्म पत्रकार एकअर्काका परिपूरक रहेको बताए । दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनमा संस्थाका सचिव रमेश अर्याल र कार्यवाहक कोषाध्यक्ष मोहन न्यौपानेले २०७४ जेष्ठदेखि २०७६ पुस मसान्तसम्मको ६० हजार ५ सय बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu