‘दोषी को ?’ लाई विशेष शोमा सुखद प्रतिक्रिया



सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण भएको चलचित्र ‘दोषी को ?’ लाई विशेष शोमा दर्शकबाट सुखद प्रतिक्रिया मिलेको छ । शनिवार राजधानीमा रहेको चलचित्र विकास बोर्डको सभा हलमा अभिनेता, निर्माता तथा चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष शोमा चलचित्र हेरेका दर्शकले कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे ।

निमा लामा तामाङको निर्देशन तथा गोपी अधिकारीको निर्माण रहेको चलचित्रको विशेष शोमा कलाकार, प्राविधिक तथा सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो । करण थापा मगरको प्रस्तुति रहेको चलचित्रमा सुवास नेपाली, करण थापा मगर, सपना लामा, नेहा गौतमलगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

सडकमै जन्मे, हुर्केका दुखी गरिबको जीवनमा आउने उतार-चढावमा आधारित भएर निर्माण भएको यो चलचित्र चाँडै विदेशी भूमिमा प्रदर्शन गर्न लागिएको निर्माता गोपी अधिकारीले जानकारी दिए । उनले चलचित्रमा मनोरञ्जनका साथै सन्देश समेत रहेकाले हेरेका जति दर्शकले मन पराएको बताए । निर्देशक निमा लामाले चलचित्र दर्शकले मन पराएकोमा खुसी व्यक्त गरे ।

चलचित्रमा करण थापा मगरको लेखन, गोपी अधिकारी र सन्तोष सुनामको संगीत, विश्वास भण्डारीको छायांकन तथा सम्पादन छ । चलचित्रको विशेष शोमा बोल्दै निर्देशक तथा अभिनेता खड्काले नेपाली चलचित्र विदेशी चलचित्रको चेपुवामा परेकाले अपेक्षाकृत विकास हुन नसकेको बताउँदै यसका लागि सम्बन्धित निकाय र सरोकारवालाले ठोस कदम चाल्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu