महंगोमा विक्री भयो ‘प्रेमगीत ३’ को नर्थ अमेरिका राइट्स



यस वर्षको प्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को पनि चर्को मूल्यमा विदेश राइट्स विक्री भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ४५ हजार अमेरिकी डलर अर्थात् नेपाली ५१ लाखभन्दा बढी मूल्यमा खरिद गरेका छन् । नर्थ अमेरिकाका लागि यति ठूलो मूल्यमा अहिलेसम्म कुनै चलचित्र विक्री भएका छैनन् ।

निर्माणभन्दा अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको चलचित्रको केही दिन अगाडि सार्वजनिक भएको ‘हात्ती ढुंगामा’ गीतपछि विदेशी भूमिमा चलचित्रको माग झनै चुलिएको निर्माताबाट निर्देशक बनेका सन्तोष सेनले बताए । यो गीतले चलचित्रको हाइप निर्माण्मा पनि ठूलो भूमिका खेलेको छ । चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङ प्रमुख भूमिकामा छन् । यी दुईसँगै फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र नेपाली नयाँ वर्षको अवसर पारेर आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu