अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ को टिजरले चलचित्रको हाइप एकाएक चुल्याएको छ । गत शुक्रवार सार्वजनिक टिजरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । टिजरले यो समाचार तयार पार्दासम्म दुई लाख चौबिस हजारभन्दा बढी भ्युज पाएको छ । टिजरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ ।

टिजर सार्वजनिक भएसँगै चलचित्र टिम प्रचार प्रसारमा जुटेको छ । नेपाली चलचित्रको प्रचार प्रसार अब पुरानो शैलीमा मात्र गरेर नहुने भन्दै नयाँ नयाँ तरिका पनि अपनाउनु पर्ने आवश्यकता महसुश गर्दै चलचित्र निर्माण टिम फरक फरक शैलीमा प्रचार गर्ने योजनाका साथ अघि बढेको छ ।
काठमाडौँको अति नै व्यस्त ठाउँ दरवारमार्गमा रहेको डिजिटल बोर्डमा चलचित्रको टिजर देखाउने कार्य गरिएको छ । दैनिक हजारौं मानिसको आवतजावत हुने स्थानमा चलचित्रको टिजरको प्रचार गर्दा धेरै दर्शकमाझ पुग्ने र धेरैले चलचित्रको बारेमा थाहा पाउने चलचित्रका निर्माता मनोज राजभण्डारीले बताए ।
चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेमकथा बोल्छ । यस चलचित्रमार्फत् सौगात र दीयाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा बुद्धि तामाङ्ग, नमिता घिसिङ्ग, वीर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । सञ्जय लामाले चलचित्र खिचेका हुन् ।
टिजर हेर्नुहोस् :-




