‘लभ डायरीज’ प्रिमियरः झरना र भुवनलाई के मनपर्‍यो ?



यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्र ‘लभ डायरीज’ ले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । बुधबार राजधानीको कमलपोखरीमा रहेको बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी तथा पत्रकारले मेकिङ, कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे ।

चलचित्र हेर्न अभिनेता द्वय भुवन केसी, शिव श्रेष्ठ, अभिनेत्री झरना थापा, निर्माता सुनिल कुमार थापा, निर्देशक मुस्कान ढकाल, निर्माता सन्तोष सेन, अभिनेत्री केकी अधिकारी, निर्देशक सुदर्शन थापा, अभिनेता आर्यन अधिकारी, निर्देशक तथा निर्माता आकाश श्रेष्ठ, अभिनेत्री पवित्रा आचार्यलगायत पुगेका थिए । चलचित्र हेरेपछि सबैले ‘लभ डायरीज’ लाई मिठो प्रतिक्रिया दिए ।

अभिनेत्री झरना थापाले कलाकारदेखि निर्देशक सबैको काम आफूलाई राम्रो लागेको बताइन् । उनले भनिन्, ‘नव नायिका रुविना थापाको काम विशेष मनपर्‍यो । उहाँले यो चलचित्रबाट राम्रो सम्भावना देखाउनुभएको छ । सुशील (श्रेष्ठ) भाईको काम पनि राम्रो छ । सौरभ (चौधरी) भाई (निर्देशक) को काम पनि राम्रो लाग्यो । उहाँले पहिलो पटक चलचित्र निर्देशन गरेको जस्तो लाग्दैन ।’

झरनाकै कुरा सापटी लिँदै अभिनेता भुवन केसीले सबै कलाकारले राम्रो काम गरेको बताए । लभस्टोरी चलचित्र मन पराउने दर्शकलाई ‘लभ डायरीज’ ले निराश नबनाउने उनको भनाई छ । झरना र भुवन दुवैलाई चलचित्रको क्लाइमेक्स विशेष मन परेछ । दुवैले चलचित्रको क्लाइमेक्स परम्परागतभन्दा भिन्न लागेको बताए । चलचित्र हेर्ने पत्रकारले पनि क्लाइमेक्स रुचाएका थिए ।

प्रिमियरमा चलचित्रलाई मिलेको सकारात्मक प्रतिक्रियाबाट अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापा उत्साहित देखिए । अब दर्शकले चलचित्र हेरेर कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुरालाई लिएर डर लागिरहेको उनीहरुको भनाई छ । स्क्रिप्ट अनुसार चलचित्र निर्माण भएकोमा पनि दुवैले खुसी व्यक्त गरे । निर्देशक सौरभ प्रिमियरमा मिलेको सुखद प्रतिक्रियाबाट खुसी देखिए ।

चलचित्रमा रुविना थापाले राम्रो काम गरेकी छन् । उनको अभिनय, सुन्दरता र डाइलग डेलिभरीले मन जित्छ । अभिनयमा अझै मिहिनेत गरेको खण्डमा उनलाई नेपाली चलचित्र क्षेत्रले राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा लिन सक्नेछ । सुशीलले पनि आफ्नो भूमिकालाई न्याय गर्ने कोशिश गरेका छन् । यही चलचित्रबाट डेब्यू गरेका विश्वजित रिमालले भने निराश बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu