पहिलो पटक डान्समा आधारित नेपाली चलचित्र बन्दै



यस वर्ष प्रदर्शनमा आएकोे चलचित्र ‘पासवर्ड’ को निर्माण कम्पनी एवी इन्टरनेशनलले डान्स बेस्ड नेपाली चलचित्र निर्माण गर्ने भएको छ । ‘वोर्न टू डान्स’ नाम राखिएको चलचित्रलाई अमन तामाङले निर्देशन गर्दैछन् । अर्को वर्ष प्रदर्शन गरिने चलचित्रलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गर्नेछन् । चलचित्र वास्तविक कथामा निर्माण हुने बताइएको छ ।

निर्माता अमित बस्नेतले चलचित्र ‘वोर्न टू डान्स’ मा विगत ५ वर्षदेखि काम भैरहेको बताए । यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको उनी बताउँछन् । चलचित्रका लागि कलाकारको टुंगो लागेको छैन । निर्माता बस्नेतले डान्समा पोख्त कलाकार चाहिने हुँदा चलचित्रको कथा सुहाउँदा पात्रको खोजी भैरहेको बताए । उनका अनुसार, चलचित्रका लागि केही कलाकारसँग कुराकानी भैरहेको छ ।

नेपाल, अमेरिका र क्यानडामा छायांकन हुने यो चलचित्र बलिउडमा बन्ने गरेका डान्समा आधारित फिल्मभन्दा फरक हुने निर्देशक अमन तामाङले दाबी गरे । नेपालमा वर्षौदेखि लभस्टोरी, कमेडी र एक्सन जनरामा चलचित्र बन्ने गरेको भए पनि पहिलो पटक डान्समा आधारित चलचित्र बन्न लागेको उनी बताउँछन् । चलचित्रलाई स्तरिय बनाउन कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

चलचित्र वितरणमा समेत हात हालेको एवी इन्टरनेशनलले अब वर्षेनी चलचित्र निर्माण गर्दैछ । अहिले यो कम्पनीले हिन्दी चलचित्र ‘लैला मञ्जु’ निर्माण गरिरहेको छ । यसमा लुलिया भन्तुर, महेश मंजेकर, जिम्मी शेर्गिल, जेसी लिभरलगायतका भारतीय कलाकारको अभिनय छ । योसँगै एवी इन्टरनेशनलले निर्माण गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ अर्को वर्षमा तिजमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu