केशव भट्टराईको परिवारलाई ‘आमा’ को सहयोग



फागुन ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ टिमले तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार स्वर्गीय केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेको छ । ‘आमा’ निर्मात्री शर्मिला पाण्डेले आइतवार राजधानीमा एक कार्यक्रमका बीच स्व. भट्टराईकी श्रीमतीलाई एक लाख एक हजार सहयोग हस्तान्तरण गरिन् ।

कलाकार केशव भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर सुनेपछि चलचित्रको तर्फबाट आफूले सहयोग गरेको निर्मात्री पाण्डेले बताइन् । उनले भनिन्, ‘म पनि एउटी आमा भएकाले आमाको मर्म बुझेकी छु । हामी सबै मिलेर स्वर्गीय केशव दाईको परिवारलाई सहयोग गर्नुपर्छ ।’ सहयोग रकम बुझ्दा स्व. भट्टराईकी श्रीमती भावुक भएकी थिइन् ।

त्यस्तै, ‘छक्का पञ्जा’ टिम अर्थात् दीपकराज गिरी समुहले पनि स्वर्गीय भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै स्व. भट्टराईको परिवारको आर्थिक अवस्था टिठलाग्दो रहेको सुन्दर दुख लागेको बताएका छन् । उनले लेखेका छन्, ‘यो पिडालाइ सम्झेर हाम्रो तर्फबाट १ लाख ११ हजार नगद सहयोग गर्ने निर्णय गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu