प्रद्युम्न मिश्र निर्देशित चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ । यही फागुन १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बालगायत प्रस्तुत छन् ।
जीवनयापन गर्न गाडा चलाउनेको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि, अग्रज र श्रृजनासँगै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको चलचित्रमा विशेष भूमिका रहेको निर्माण टिमले बताएको छ । बुद्धिले यो चलचित्रमा आफ्नो भूमिका भिन्न रहेको बताए ।

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह-निर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन । निर्देशक मिश्र ‘धुलो’ अत्यन्तै मर्मस्पर्शी कथामा निर्माण भएको बताउँछन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने- ‘यो अर्गानिक कथामा निर्माण भएको चलचित्र हो । शहरमा बसेर जीविको पार्जन गर्न गाडा चलाउनेहरुको दुःख र संघर्षलाई फिल्ममा देखाएका छौं ।’ चलचित्रलाई शुभकामना दिन उपस्थित भएका चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ‘धुलो’ आफूले हेरेसकेको बताउँदै कलाकारको अभिनय र कथावस्तुले राम्रो रहेको बताए ।
ट्रेलर हेर्नुहोस् :-




