आमासँग जाँदा ‘आमा’ सित्तैमा हेर्न पाइने



यही शुक्रवारबाट प्रदर्शनमा उत्रन लागेको चलचित्र ‘आमा’ दर्शकमाझ प्रतिक्षीत छ । ‘पशुपति प्रसाद’ जस्तो चलचित्र दिएर दर्शकको विश्वास जितेका दीपेन्द्र के. खनालले निर्देशन गरेका कारण यो चलचित्रमाथि अपेक्षा उच्च छ । ट्रेलरले राम्रो हाइप निर्माण गरेको चलचित्रमा अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् । यसमा उनीहरुले आमा-छोरीको भूमिका निर्वाहा गरेका छन् ।

यसबीच, चलचित्र प्रदर्शनको अघिल्लो दिन निर्माण टिमले विशेष घोषणा गरेको छ । काठमाडौंका केही सिनेमा घरमा आफ्नो आमासँग जाँदा निःशुल्क चलचित्र हेर्न पाउने व्यवस्था गरिएको छ । काठमाडौंको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्देशक खनालले बताए ।

‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ यो घोषणा गरिएको उनले बताए । हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको भनाई छ । आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने चलचित्रमा मिथिला र सुरक्षाका अलावा सरिता गिरी, देशभक्त खनाललगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu