शिवरात्रीमा ‘प्रेम पुजा’को पोस्टर, को हुन् अभिनेता ?



काठमाण्डौ। निर्देशक अमरदीप सापकोटाले आफ्नो नयाँ चलचित्र ‘प्रेम पुजा’को फर्स्ट लुकको स्वरुप पोस्टर सार्वजनिक गरेका छन् । शिवरात्रीको अवसरमा सार्वजनिक पोस्टर शिवरात्री बिशेष छ ।

निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा रहेका अभिनेताको पुरा अनुहार भने देखाइएको छैन । निर्देशक सापकोटाले चलचित्रको औपचारिक घोषणा कार्यक्रममा मात्र अभिनेता सहित अन्य कलाकारहरु खुलाउने बताए ।

यो चलचित्र दुर्गापुजा अर्थात आगामी विजया दशमीमा रिलीज गरिने जनाईएको छ । चलचित्र प्रेमकथामा आधारित हुने यसको शिर्षकबाट अनुमान गरिएको छ ।

बैशाख पहिलो साताबाट छायांकनमा जान लागेको यस चलचित्रको काठमाडौं, चितवन र भारतको बनारसमा छायांकन हुनेछ । यस चलचित्रलाई ईन्टरटेन्मेन्ट वर्ल्डवाईड प्रा.लि.ले निर्माण गर्दैछ । कथा, पटकथा तथा संवाद अभिमन्यु निरबीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu