यही फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धुलो’ को आइटम गीत सार्वजनिक भएको छ । ‘चार सय चालिसको बिजुली’ बोलको गीतमा केशव मिश्रको शब्द छ भने दुर्गा खरेल र अनुप थापाको गायन छ । गीतमा जुगल डंगोलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ । गीतमा गीतमा कलाकार द्वय बुद्धि तामाङ, अग्रज केसी र मोडल दिपाशा विसी फिचर छन् ।

काठमाडौंको सडक(गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषय उठान गरेको चलचित्रको यो गीत चलचित्रको ‘ड्रिम सिक्वेन्स’ रहेको निर्देशक प्रद्युम्न मिश्रले बताए । सुकुम्बासी बस्तीमा बस्ने दुई मजदुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ । प्रद्युम्न मिश्रले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
यथार्थपरक विषयमा निर्माण भएको चलचित्रमा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवा पिशेष भूमिकामा छन । दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । चलचित्रमा केशव मिश्र र दीपक समीरको गीत छ ।
गीत हेर्नुहोस् :-




