सर्वनाममा हुँदै रचनात्मक जागिर खोज्ने छलफल



चलचित्र, मिडिया, एनिमेसन र कर्पोरेट क्षेत्रमा रचनात्मक जागिर खोज्नेलाई सर्वनाम थिएटरको सहयोगमा सिर्जना सूत्रले सम्बन्धित क्षेत्रका विभिन्न हस्तीहरुसँग छलफल चलाउने भएको छ । फागुन १४ गते सर्वनाम थिएटरमा हुने छलफलले चलचित्र र अन्य क्षेत्रमा भविष्य खोज्नेहरुका लागि ठूलो सघाउ पुर्‍याउने विश्वास लिइएको छ ।

छलफलमा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौला र ‘बुलबुल’ निर्देशक विनोद पौडेल, सेयर राइडिङ एप पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेत र इनसेस्यान्ट रेन स्टुडियोजका संस्थापक किरण भक्त जोशी वक्ताको रुपमा सहभागी हुनेछ । छलफलमा सहभागी हुनका लागि प्रवेश शुल्क राखिएको छैन ।

यो छलफल चलचित्र, मिडिया र कर्पोरेट क्षेत्रमा भविष्य बनाउन खोज्न चाहनेहरुका लागि प्रभावकारी हुने आयोजक संस्था सिर्जना सूत्रले बताएको छ । ‘छक्का पञ्जा ४’ को तयारीमा रहेकी दीपाश्रीले छलफलमा चलचित्र निर्देशनको आफ्नो अनुभव सहभागीमाझ बाँड्नेछिन् । भने, निर्देशक पौडेलले चलचित्र मेकिङको विभिन्न पाटोमा चर्चा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu